ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ पुष ०६ गते शनिबार ई.सं.२०२४ डिसेम्बर २१ नेपाल सम्बत ११४५ थिंलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५० बजे, सूर्यास्त साँझ ०५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०८ मिनेट देखि ०९ बजेर २६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।