ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ माघ १० गते शनिबार ई।सं। २०२५ जनावरी २४ नेपाल सम्बत ११४६ सिल्लाथ्व षष्ठि, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, माघ शुक्ल षष्ठि, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शिव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ५३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ३८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर १४ मिनेट देखि ०९ बजेर ३४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज नेपालमा स्कन्द षष्ठि,अचला सप्तमी र अन्तराष्ट्रिय शिक्षा दिवस रहेको छ ।
