ज्यो।पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि।सं। २०८२ माघ २४ गते शनिवार ई।सं। २०२५ फेब्रुअरी ०७ नेपाल सम्बत ११४६ सिल्लागा षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण षष्ठी , चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शूल योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर ४६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ४९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०९ मिनेट देखि ०९ बजेर ३२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।
