ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८२ साउन २३ गते शुक्रवार ई.सं. २०२५ अगस्त ०८ नेपाल सम्बत ११४५ गुंलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, र्वषा ऋतु, साउन शुक्ल चतुर्दशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०७ बजेर १० मिनेट देखि ०८ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ। आजको दिनमा पूर्णिमा व्रत रहेको छ।
