ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२१९७३५
आजको राशिफल बि.सं. २०७९ साल जेठ ६ गते शुक्रवार ई.सं.२०२२ मे २० नेपाल सम्बत ११४२ बछलागा पञ्चमी, जेष्ठ कृष्ण पञ्चमी, तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पञ्चमी तिथी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, शुभ योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः१२ बजे, सूर्यास्त साँझ ६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ८ बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।