ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं. २०८० भदौ १४ गते बिहिबार ई.सं.२०२३ अगस्त ३१ नेपाल सम्बत ११४३ गुंलाथ्व पुन्हि, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सुकर्मा योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः४२ बजे, सूर्यास्त साँझ ६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४२ मिनेट देखि ०७ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज जनै पूर्णिमा, रक्षा बन्धन तथा गाई जात्रा रहेको छ ।