आजको राशिफल बि.सं.२०८१ माघ १ गते मंगलबार Archives - Nepal Jyotish - Complete Astrology and Vastu Solutions.

आजको राशिफल बि.सं.२०८१ माघ १ गते मंगलबार | Daily Rashifal 2025 January 14

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ माघ १ गते मंगलबार ई.सं.२०२५ जनवरी १४ नेपाल सम्बत ११४५ पोहेलागा पारु, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, विष्कुम्भ योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर ५३ मिनेट देखि १२ बजेर १३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज माघे संक्रान्ति, सुर्य उत्तरायन आरम्भ को दिन रहेको छ ।