ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५
आजको राशिफल बि.सं.२०८१ साउन २१ गते सोमबार ई.सं.२०२४ अगस्त ०५ नेपाल सम्बत ११४४ गुंलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, व्यतिपात योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ०६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०५ बजेर २९ मिनेट देखि ०७ बजेर ०९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।